Breaking Posts

Type Here to Get Search Results !

६ सय किलो लागुपदार्थ गाँजासहित एक जना प्रहरीको नियन्त्रणमा - Brighter Network

Top Post Ad


माघ २५ गते । जिल्लामा ६०२ किलो लागुपदार्थ गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटी गएको प्रहरी टोलीले प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याउँदै गरेको ६०२ किलो गाँजा बरामद गरेको प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानले बताउनुभएको छ ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ट्रकसहित पक्राउ परेका गाँजा र कटारी नगरपालिका १ घर भएका चालक २३ वर्षीय गणेशबहादुर विश्वर्कमालाई सार्वजनिक गरेको हो ।


बर्दिवास–जलेश्वर सडकखण्डअन्तर्गत पर्ने भंगहा नगरपालिका ६ मजराबाट अस्थायी प्रहरी पोष्ट जमुनिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलिले बर्दिवासबाट जलेश्वरतर्फ आउँदै गरेको ट्रकमाथि चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरी निरीक्षक चौहानले बताउनुभयो ।


‘‘अन्य केही सामान नबाेकेको खाली रहेको ट्रकको माथिल्लो हुडमा कालो त्रिपालमा राखेर डोरीले बाँधेर लुकाईछिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको हो ।’’ प्रहरी निरीक्षक चौहानले भन्नुभयो, ‘‘यत्रो ठुलो परिमाणमा गाँजा बरामद भएको ट्रक चालकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएका थियौं ।’’


बरामद गाँजा, ट्रक र चालकलाई अहिले जिल्ला पहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

post bottom ads

Ads Bottom