Breaking Posts

Type Here to Get Search Results !

मृत अवस्थामा फेला परेका दम्पतीको बीभत्स तरिकामा हत्या भएको पुष्टि, अनुसन्धान जारी - Brighter Network

Top Post Ad


फागुन ११ गते । शनिवार दिउँसो मृत अवस्थामा फेला परेका दम्पतीको हत्या पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट माण्डवी गाउँपालिका–२ रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या भएको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। 


दम्पतीको टाउको र शरीरका विभिन्न भागमा चोटहरूको निशान पाइएको छ, जसबाट घातक हतियार प्रयोग गरेर बीभत्स तरिकामा हत्या गरिएको देखिएको प्रारम्भिक अध्ययनले सङ्केत गरेको प्रहरी निरीक्षक निरञ्जन रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसीसहितको अनुसन्धान टोली शनिवारदेखि नै घटनास्थलमै रहेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,’ घटना हेर्दा हत्या भएको देखिन्छ, हामी अनुसन्धानको नजिक पुगेका छौँ।’


घटनास्थललाई सिलबन्दी गरी म्यानुअल र प्राविधिक तवरबाट अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धान टोलीले शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ गर्दै, सबुत प्रमाणहरू जुटाउने र थप प्रमाण सङ्कलन गर्न कुकुरको मद्दत लिइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ।  आफ्नै घरमा सुतेका दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए 


जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी बस्यालका अनुसार मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए। उनीहरूका चार छोरा छिमेकी देश भारतमा बस्दै आएको र दुई छोरी विवाह भई दाङतिर बस्दै आएका थिए।

post bottom ads

Ads Bottom