Breaking Posts

Type Here to Get Search Results !

नर्सिङ पढ्दै गरेकी १८ बर्सिया सुमन होस्टेलको बाथरुममा मृत फेला - Brighhter Network

Top Post Ad


चैत १४, रौतहटमा नर्सिङ पढ्ने एक जना छात्रा छात्रावासको बाथरुममा मृत फेला परेकी छिन्।


रौतहट जिल्लाको माधवनारायण नगरपालिका -३ स्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पतालको होस्टेलको बाथरुममा बाराको विश्रामपुर घर भएकी १८ बर्सिया छात्रा सुमन कुमारी बैठा आज बिहान मृत अवस्थामा फेला परेकी हुन्।


गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी छात्रावासको बाथरुममा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डिएसपी दीपक कुमार रायले जानकारी दिनुभयो।


घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र सुमन आफैले पासो लगाएको हो कि अरूले झुन्ड्याएको भन्ने कुरा खुल्ने डिएसपी रायले बताउनुभयो ।

post bottom ads

Ads Bottom