मोरङ — लेटाङ नगरपालिका–२ का ३५ वर्षीय अनिल राईलाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पीडित पक्षको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले आइतबार बिहान राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ, र कानुनी प्रक्रिया अघि बढाइएको छ।