Breaking Posts

Type Here to Get Search Results !

गएराति ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको ज्यान गयो - Brighter Network

Top Post Ad


कालीकोट, बैशाख ९ — कालीकोट जिल्लाको पलाँता गाउँपालिका–२ बुडाडाँडामा गएराति ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।


पलाँता–९ थिर्पुबाट खाद्यान्न र खुद्रा सामान बोकेर पलाँता–४ छलतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। दुर्घटनामा परी ज्यान गुमाउनेमा ट्र्याक्टर चालक चन्द्र प्रकाश रोकाय (२५ वर्ष), खत्याड गाउँपालिका–५, मुगुका हुन्। अन्य मृतकहरूमा पलाँता गाउँपालिका–४ का रवीन्द्र विक (२१ वर्ष), सोही स्थानकी सदु बुढा (३२ वर्ष), र पलाँता–५ सल्लीकोटकी अम्बा शाही (२६ वर्ष) रहेका छन्।


जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख टेकबहादुर रावतका अनुसार दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ भने मृतकको शव सडकभन्दा करिब २०० मिटर तल फेला परेको थियो।


दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थलमा पुगेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

post bottom ads

Ads Bottom