वैशाख १४ — तुलसीपुर उपमहानगरपालिका–७ मोतीपुरकी भगवती शर्माको किरिया बसेकै अवस्थामा निधन भएको छ।
श्रीमान् नारायण आचार्यको निधन भएको छैटौँ दिन शनिबार बिहान भगवती शर्माको मृत्यु भएको हो।
शुक्रबार राति ११ बजे जीवनजल सेवन गरी सुत्नुभएकी शर्मा बिहान उठ्ने समयसम्म नउठेपछि तत्काल राप्ती लाइफ केयर अस्पताल लगिएको थियो। अस्पताल पुगे लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन्, परिवारका सदस्य विनोद शर्माले जानकारी दिनुभयो।
दिर्घरोगी रहिएकी भगवती शर्मा सुगर, प्रेसर र कोलेस्ट्रोल सम्बन्धी समस्याबाट ग्रस्त हुनुहुन्थ्यो। उहाँ नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय सदस्य तथा राप्ती प्रादेशिक अस्पताल विकास समितिको सदस्य समेत हुनुहुन्थ्यो।
यसअघि, उहाँका श्रीमान् नारायण आचार्यको आफ्नै घरमा १२ बोरको बन्दुक प्रयोग गरी आत्महत्या गरेको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको थियो।





