Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवन खैरहानीमा खुडा हानाहान, तीन घाइते — दुई जना पक्राउ


ब्राइटर खबर, चितवन — पूर्वी चितवनको खैरहानीमा दुई समूहबीच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन्। मङ्गलबार दिउँसो खैरहानी नगरपालिका–८ स्थित आहार क्याफेमा भएको उक्त घटनाले स्थानीय स्तरमा तनाव सिर्जना भएको छ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक प्रदीप महतका अनुसार घाइते हुनेमा चितवन राप्ती नगरपालिका–४ का २८ वर्षीय दिपेन्द्र सिंह गोले, राप्ती नगरपालिका–२ का २८ वर्षीय गणेश लामा र खैरहानी नगरपालिका–९ सिमलटाँडीका २७ वर्षीय अमृत आचार्य रहेका छन्।


घाइतेहरूका हातमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।


प्रहरीका अनुसार तीन–चार जनाको समूहमा आएका व्यक्तिहरूले क्याफेमा बसेका ती युवामाथि अचानक खुडा प्रहार गरेका थिए।


सो घटनामा संलग्न भएको आरोपमा राप्ती नगरपालिका–४ भवानीपुरका २९ वर्षीय मिलन रुम्बा र सोही उमेरका विशाल लामालाई प्रहरीले पक्राउ गरेको छ। घटनाका अन्य संलग्न व्यक्तिहरुको खोजी जारी रहेको प्रहरी निरीक्षक महतले जानकारी दिए।


घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने घटनास्थल आसपास सुरक्षा कडा पारिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom