ब्राइटर खबर, सिरहा — सिरहाको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फुलबरिया खण्डमा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मृतक ६५ वर्षीय महेन्द्र महरा स्थानीय निवासी हुन्। चुनढुंगा बोकेको बाप्र०१–००४ क २९५३ नम्बरको टिपरले तीव्र गतिमा महरालाई ठक्कर दिँदा घटनास्थलमै उनको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राज पुरीले जानकारी दिए।
ठक्करपछि टिपर असन्तुलित भई सडकमुनि पल्टिएको छ। यद्यपि, दुर्घटनापछि चालक फरार भएका छन्। घटनास्थलमा प्रहरी टोली खटिई अनुसन्धान कार्य भइरहेको बताइएको छ।
यस घटनाले स्थानीयवासीमा आक्रोश उत्पन्न भएको छ भने सडक सुरक्षाप्रति प्रश्न उठेको छ।





