पक्राउ परेका व्यक्ति नवलपरासीको बुलिङ्टार गाउँपालिका–१ निवासी र हाल गोरखाको बिलिङटार नगरपालिका–६ मा बसोबास गर्दै आएका ४५ वर्षीय जीवन रूचाल मगर हुन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार, अदालतबाट पूर्वस्वीकृति प्राप्त गरी मगरलाई पक्राउ गरिएको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन मङ्गलवार जिल्ला अदालत रसुवा पठाइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार मगरविरुद्ध जिल्ला अदालत रसुवामा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको थियो, तर उनी लामो समयदेखि फरार थिए।