दुर्घटना बुधबार दिउँसो विश्व शान्ति स्तूपाबाट पोखरा फर्किंदै गरेको ग १ ख ३८८६ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमै पल्टिएपछि भएको हो। सवार यात्रुहरू अधिकांश भारतीय पर्यटक रहेको प्रारम्भिक विवरणबाट पुष्टि भएको छ।
घाइते सबैलाई तत्काल उद्धार गरी पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको कास्की प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।
बसमा रहेका अन्य चार यात्रु भने सकुशल रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।