Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सडक छेउको पोलमा ठोक्किएर यात्रुवाहक बस दुर्घटनाग्रस्त, १५ जना घाइते , केहीको अवस्था गम्भीर


चितवन, जेठ २ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोल पम्प अगाडि शुक्रबार बिहान भएको बस दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट लाहानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९१६२ नम्बरको बस सडक छेउको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार घाइतेमध्ये चार जनाको भरतपुरस्थित स्कुल अफ मेडिकल साइन्सेज मेडिकल कलेजमा उपचार भइरहेको छ। ती घाइतेहरूमा सिराहा सक्करकोटिया गाउँपालिका–५ का ३९ वर्षीय बैतिक राम, त्यही गाउँपालिका निवासी २१ वर्षीय सञ्जयकुमार मण्डल, सिराहा कल्याणपुर नगरपालिका–६ का १९ वर्षीय सल्मन ठाकुर र ३५ वर्षीय धर्मेन्द्र कुमार चौधरी रहेका छन्।


अन्य घाइतेहरूको उपचार चितवनको बकुलहर अस्पतालमा भइरहेको छ। तीमध्ये सिराहा नवलराजपुर गाउँपालिका–४ का १८ वर्षीय नगेन्द्र शाह, सिराहा भगवानपुर गाउँपालिका–३ का २१ वर्षीय धरमनाथ यादव, सप्तरी तिलाहा कोलादा गाउँपालिका–६ का ३० वर्षीय जयप्रसाद शाह, सिराहा करजना नगरपालिका–४ का ४० वर्षीय दीपेन्द्रकुमार शाह, सप्तरी कोलदारी गाउँपालिका–५ का २८ वर्षीय गजेन्द्र कुमार शाह, राजविराज नगरपालिका–१ का २८ वर्षीय दिनेश कुमार शाह, भारत मधुबन्दीका ४० वर्षीय रामकृष्ण राउत, सिराहा नवराजपुर गाउँपालिका–३ का १९ वर्षीय चन्दनकुमार यादव, नगरकोटिया गाउँपालिका–५ का २४ वर्षीय जीवनकुमार पासवान, बसका सहचालक काठमाडौँ महानगरपालिका–१० का २७ वर्षीय हरि गौतम र सप्तरी राजविराज नगरपालिका–१ का २८ वर्षीय दिनेश शाह रहेका छन्।


दुर्घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom