Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राज्यकोषबाट तलब खाने कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्याइयो, साउन १ गतेदेखि लागू

 

सरकारले राज्यकोषबाट तलब लिने निजामती कर्मचारीहरूको महँगी भत्ता वृद्धि गर्दै मासिक पाँच हजार रुपैयाँ पुर्याउने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन्।


अर्थमन्त्री पौडेलले राज्यकोषमा बढ्दो आर्थिक दबाबका कारण तलब संरचना परिवर्तन गर्न नसकिएको स्पष्ट पारेका छन्। तथापि, जीवनयापन खर्चमा आएको वृद्धिलाई ध्यानमा राख्दै महँगी भत्ता समायोजन गरिएको उनले बताए।


यसअघि आर्थिक वर्ष २०७८/७९ मा सरकारले कर्मचारीको तलबमा मासिक दुई हजार रुपैयाँले वृद्धि गरेको थियो। सोही बजेटमार्फत् प्राविधिक कर्मचारीका लागि विशेष ग्रेड प्रणाली र सामान्य ग्रेडमा सुधार पनि गरिएको थियो।


सरकारले यस पटक बढाएको महँगी भत्ता आगामी साउन १ गतेदेखि लागू हुनेछ। यो निर्णयले हाल महँगीका कारण प्रभावित कर्मचारी वर्गको जीवनस्तरमा केही राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom