Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ, १० महिने छोरीको अवस्था अझै अज्ञात





धनुषा, जेठ ८ — श्रीमतीको हत्या अभियोगमा फरार रहेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–३, बनिनियाँ निवासी हरिराम यादवलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, गत फागुन १७ गते आफ्नै घरको पूजा कोठामा २० वर्षीया अञ्जली यादवको शव गाडिएको अवस्थामा फेला परेको थियो। घटनापछि उनका श्रीमान हरिराम यादव १० महिने छोरीसहित फरार भएका थिए।

प्रहरीले लामो समयको खोजीपछि हरिराम यादवलाई पक्राउ गरेको जनाएको छ। तर उनकी छोरीको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रदीपराज रेग्मीले जानकारी दिनुभयो।

यादवसँग हाल सोधपुछ भइरहेको र छोरीको अवस्थाबारे यथाशीघ्र पत्ता लगाउन गहिरो अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक रेग्मीले यस घटनासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भइरहेको जानकारी गराउनुभयो। उक्त पत्रकार सम्मेलनमा हत्या अनुसन्धानको प्रगति, अभियुक्त पक्राउ प्रक्रिया र बालिकाको खोजबिनसम्बन्धी विवरणहरू प्रस्तुत गरिनेछ।



Top Post Ad

post bottom ads

Ads Bottom