गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बाबा गोकर्णेश्वर यातायात अन्तर्गतको बा. ५ ख. ६७३५ नम्बरको बस काठमाडौँ महानगरपालिका–८ स्थित पिङ्लास्थान नजिक सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौं का प्रवक्ता तथा प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार दुर्घटनामा बससहित एक हायस, तीन कार, दुई मोटरसाइकल र एक स्कुटरमा क्षति पुगेको छ।
घटनामा घाइते हुनेमा:
-
३२ वर्षीय राजकुमार श्रेष्ठ, धादिङ ज्वालामुखी गाउँपालिका–१, हाल टोखा,
-
२२ वर्षीय विकाश कट्टेल, नुवाकोट टाडी गाउँपालिका–२, हाल टोखा,
-
३७ वर्षीय शैलेन्द्र राई, खोटाङ हलेसी टुवाचुङ नगरपालिका–५, हाल कोटेश्वर रहेका छन्।
घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस अनियन्त्रित भई पल्टिएको जनाइएको छ। दुर्घटनापछि बस चालक फरार भएका छन् भने उनको खोजी जारी रहेको प्रहरी उपरीक्षक बोहराले जानकारी दिनुभयो। साथै, घटनाबारे विस्तृत अनुसन्धान पनि भइरहेको बताइएको छ।