चितवन, जेठ ८ — चितवनको भरतपुर महानगरपालिका–२९ स्थित गाइघाटमा दुई ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
आज बिहान नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक बीच ठक्कर भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रवक्ता डिएसपी रविन्द्र खनाका अनुसार, दुर्घटनामा दुवै ट्रकमा क्षति पुगेको छ भने घाइते सात जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ।