Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक सञ्जालको सम्पर्क: होटेलमा बोलाएर नग्न भिडियो, काठमाडौँमा घर तथा चार आना जग्गाको डिमान्ड - Brighter Network


काठमाडौँ, ८ जेठ – अश्लील भिडियो बनाएर ब्ल्याक मेल गरी पाँच लाख रुपैयाँ असुली गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ–५ बस्ने ३४ वर्षीय ममता तामाङ र भक्तपुर–१७ की ३४ वर्षीय आँचल श्रेष्ठ उर्फ आँचल चौगुठी छन्।

प्रहरीका अनुसार उनीहरू सामाजिक सञ्जालमार्फत पीडितसँग सम्पर्कमा आएका थिए। त्यसपछि पीडितलाई होटेलमा बोलाई मादक पदार्थ सेवन गराएर अचेत बनाएका थिए। त्यसै अवसरमा अश्लील फोटो तथा भिडियो खिचिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पीडितले प्रहरीलाई दिएको उजुरी अनुसार, ती महिलाहरूले उक्त अश्लील तस्बिर र भिडियो स्क्रिन सट बनाएर म्यासेन्जरमार्फत पठाउँदै ब्ल्याक मेल गरेका थिए। यदि माग अनुसार नगरेमा यौन शोषणको मुद्दा हालिदिने धम्की दिएका थिए। सोही दबाबमा परेर पीडितले पाँच लाख रुपैयाँको चेक समेत काटेर दिनुपरेको बताइएको छ।

प्रहरीका अनुसार, ती महिलाहरूले काठमाडौँस्थित पीडितको घर तथा चार आना जग्गा समेत दिन दबाब दिएका थिए। घटनामा संलग्न दुवै महिला काठमाडौँ–११, हनुमान स्थानबाट पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौँले उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासम्बन्धी थप विवरण सङ्कलन भइरहेको र अन्य सम्भावित पीडितहरूको खोजी पनि सुरु गरिएको प्रहरीको भनाइ छ। 

Top Post Ad

post bottom ads

Ads Bottom