Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग्यास सिलिन्डर लिक भएर आगलागी: दाजु-बहिनीको मृत्यु

रुपन्देही, जेठ १२ — रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ जयनगरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा दाजु–बहिनीको मृत्यु भएको छ।

प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार, आइतबार साझ घरमा खाना पकाउने क्रममा ग्यास रेगुलेटर लिक भई आगो लाग्दा १८ वर्षीया सोनाम यादव र उनका दाजु २५ वर्षीय शिवकुमार यादव गम्भीर घाइते भएका थिए।

आगलागी घर नजिकै रहेको गोठबाट सुरु भएको जनाइएको छ। आगलागीपछि घाइते दुवै जनालाई उपचारका लागि तत्कालै युनिभर्सल मेडिकल कलेज, भैरहवा लगिएको थियो। सोनामको उपचारका क्रममा भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल, भैरहवामा राखिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom