Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँ जाँदै गरेको इभी भ्यान दुर्घटना, ९ जना घाइते


जेठ ११ – त्रिशुलीबाट काठमाडौँतर्फ आउँदै गरेको एक इभी भ्यान आइतबार शिवपुरी गाउँपालिका–७, गुरुङ गाउँमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।

बागमती प्रदेश ०३-००१ ज ०८५४ नम्बरको भ्यान अपराह्न दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइतेको संख्या ९ रहेको पुष्टि गर्दै प्रहरीले उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार भईरहेको र केहीलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom