Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भन्सार प्रमुखमाथि कुटपिट: तीन नगर प्रहरीसहित चार जना पक्राउ

 

कैलाली, जेठ १२ — त्रिनगर भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका तीन नगर प्रहरी र एक चालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, जेठ १० गते राति करिब १० बजे नगर प्रहरीको टोलीले भन्सार कार्यालयको हाताभित्रै प्रमुखमाथि कुटपिट तथा दुव्र्यवहार गरेको उजुरी परेपछि घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका–१० का ५३ वर्षीय नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, धनगढी उपमहानगरपालिका–४ का ४६ वर्षीय नगर प्रहरी हवल्दार मणिदत्त भट्ट, उपमहानगरपालिका–५ का ४३ वर्षीय नगर प्रहरी जवान जितेन्द्रसिंह धामी, र पुनर्वास नगरपालिका–१० का ४३ वर्षीय सवारी चालक रतन मल्ल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom