आज बिहान करिब १०ः१५ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्गअन्तर्गतको गोठगाउँमा सडकबाट तल खस्दा दुर्घटना भएको हो। घाइतेहरूको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्याइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूमा भोजपुर षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ र अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक धरान उपमहानगरपालिका–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ का गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ की सविना बराइली र देवी टविक, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का हंशबहादुर राई, षडानन्द नगरपालिका–११ की कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, साँगुरीगढी–६ की दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक रहेका छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।