Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विमानस्थलबाट मानव तस्करीमा मिलेमतो: सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा

जेठ ८ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मानव तस्करीमा मिलेमतो गरेको आरोपमा नियन्त्रणमा लिएको छ।

अख्तियारले मंगलबार विमानस्थलमा छापा मार्दै भट्टराईलाई नियन्त्रणमा लिएको हो। उनलाई बुधबार साँझ हाजिरी जमानीमा छाडिएको भए पनि अनुसन्धान प्रक्रिया जारी रहेको अख्तियार स्रोतले जनाएको छ। भट्टराईलाई गृह मन्त्रालयले मंगलबार नै विमानस्थलबाट सरुवा गरेको थियो।

अख्तियार स्रोतका अनुसार, भट्टराईमाथि भिजिट भिसाको आवरणमा मानव तस्करी गरिरहेको गिरोहलाई सहयोग पु-याएको आरोप छ। अनुसन्धानका क्रममा अध्यागमन कार्यालयबाट नक्कली कागजपत्र र विद्युतीय सामग्रीहरू बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमै गिरोहसँग सीधा मिलेमतो रहेको प्रमाण भेटिएको जनाइएको छ।

गैरकानुनी रूपमा भिजिट भिसामा विदेश जान दिने शर्तमा अध्यागमनका कर्मचारीहरूले ३० देखि ५० हजार रुपैयाँसम्म असुल्ने गरेको उजुरीहरू अख्तियारमा परेका थिए।

विशेषगरी महिला तथा किशोरीहरूलाई खाडी मुलुकहरूमा पुर्याएर बन्धक बनाई श्रम र यौनशोषणमा पार्ने गिरोह सक्रिय रहेको, र त्यसमा अध्यागमन कार्यालयका कर्मचारीहरूकै संलग्नता देखिएको पाइएको छ।

सरकारले भिजिट भिसालाई पारदर्शी बनाउन तयार गरेको कार्यविधिअनुसार विदेश जाने व्यक्तिका लागि न्यूनतम आय, आयकर प्रमाण, तीन लाख रुपैयाँ बैङ्क ब्यालेन्स, विगतको विदेश यात्रा, १२ कक्षा उत्तीर्ण जस्ता आधार आवश्यक पर्ने भनिए पनि, यस्ता मापदण्डहरू व्यवहारमा पालना नहुने र नक्कली कागजपत्रको भरमा पासपोर्ट जारी गर्ने प्रवृत्ति देखिएको छ।

कई पीडित महिलाहरूले आफ्नो कागजात दलालमार्फत बनाइएको, टिकट तथा बैङ्क ब्यालेन्ससमेत तयार गरिदिएको बयान दिएका छन्।

यसअघि पनि भिजिट भिसा दुरुपयोग प्रकरणमा नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेल र त्रिवि अध्यागमन कार्यालयका २० जना कर्मचारी पक्राउ परेका थिए। गृह मन्त्रालयकै अध्ययनले दुबई पुगेका नेपाली महिलाहरूलाई इरान, केन्या हुँदै घरेलु कामदार र यौनशोषणमा जबर्जस्ती संलग्न गराइएको खुलासा गरेको थियो।

त्रिवि विमानस्थल सुरक्षा कार्यालयको शङ्कास्पद कागजपत्रको जानकारीका आधारमा अख्तियारले विशेष अपरेसन चलाएको थियो। बरामद कागजातमध्ये अधिकांश नक्कली भएको पुष्टि भइसकेको छ।

सहसचिव भट्टराईसँग अख्तियारका अनुसन्धान अधिकृतहरूले लिखित सोधपुछ गरिरहेको र मानव तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि सुरु गरिएको अख्तियारले जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom