जेठ १५, सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षकको रूपमा परिचालन गर्ने नीति लिएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बुधबार संघीय संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्। सरकारको यो कदम शिक्षाको पहुँच विस्तार गर्ने र बेरोजगार युवालाई सामाजिक सेवामा संलग्न गराउने उद्देश्य सहितको भएको जनाइएको छ।
यस कार्यक्रममार्फत ग्रामीण तथा पिछडिएको क्षेत्रका विद्यालयहरूमा शिक्षण सहयोग पुर्याउने लक्ष्य लिइएको छ। सरकारले यसअघि पनि शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राख्दै शिक्षक अभाव भएका विद्यालयहरूमा मानव संसाधन व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो।