नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोले २५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका रायलाई शनिबार रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले अनुसार बैंकमा सङ्कलन भएको बचतकर्ताहरुको २५० करोडभन्दा बढी रकम हिनामिना गरी राय फरार थिए ।
रायलाई ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको जानकारी प्रहरी उपरीक्षक खड्काले दिनुभयो ।