Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बतासे जिप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो, १३ जना घाइते





बागलुङ, जेठ ३१ गते।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–५ बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ का ५५ वर्षीय नरबहादुर कार्की, ५० वर्षीया भीमकुमारी बुढा र ४५ वर्षीया टिकाकुमारी कुँवरको ज्यान गएको हो।

प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेका अनुसार भीमकुमारी बुढा र नरबहादुर कार्कीको उपचारका क्रममा बुर्तिवाङ अस्पतालमै मृत्यु भयो भने गम्भीर घाइते कुँवरलाई मणिपाल अस्पताल, पोखरा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। हाल सबै मृतकको शव बुर्तिवाङ अस्पतालमा राखिएको छ।

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। तीमध्ये ८ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ। २ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने २ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। एक जना सामान्य घाइते उपचारपछि घर फर्किसकेका छन्।

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक हुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१–००१–१७७५ नम्बरको जिप अनियन्त्रित भई करिब ६० मिटर तल खसेको थियो। जिपमा १६ जना यात्रु सवार थिए।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom