Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीनकुने घटना : दुर्गा प्रसाईंसहित सात जना डिल्लीबजार कारागार चलान


काठमाडौँ, जेठ ३० गते। काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकले गरेको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ।


काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरिएका उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशपछि दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जीतबहादुर श्रेष्ठलाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो।


“जिल्ला अदालत काठमाडौँको आदेशअनुसार सातै जनालाई डिल्लीबजार कारागार चलान गरिएको हो,” प्रहरी उपरीक्षक बोहराले बताउनुभयो।


गत चैत १५ गते पूर्वराजाका समर्थकले गरेको प्रदर्शनका क्रममा तीनकुनेस्थित एक घरमा आगजनी हुँदा पत्रकार सुरेश रजकको ज्यान गएको थियो। उक्त घटनापछि प्रहरीले अनुसन्धानको क्रमलाई तीव्र पार्दै मुख्य अभियुक्तहरूलाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार घटनामा संलग्न थप व्यक्तिहरूबारे पनि अनुसन्धान जारी रहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom