जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बगलेकबाट सदरमुकाम सिलगढीतर्फ आउँदै गरेको लु.प्र. ०१–००१ च.०२४४ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको हो।
दुर्घटनामा सायल गाउँपालिका–४ भल्मा निवासी २५ वर्षीया पदमा बिष्ट, सायल–३ कचालीकी ६० वर्षीया हरु बयाडी र २१ वर्षीय यदु बयाडी घाइते भएका छन्।
त्यसैगरी, पूर्वीचौकी गाउँपालिका–२ ठाकरा निवासी ३५ वर्षीय गोविन्द ओली, ४० वर्षीया कुन्ती नेपाली, ४० वर्षीया हर्कादेवी साउँद, ४० वर्षीया कलु साउँद, ५० वर्षीया गोलमादेवी दमाई र ३० वर्षीय बाजी दमाई पनि घाइते भएका छन्।
घाइते सबैको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेन्द्रकुमार पालले जानकारी दिनुभयो।
यस्तै, आइतबार मात्रै डोटीको केआइसिंह गाउँपालिका–५, केदार गाउँमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए।