Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एयर इन्डियाको एआई-१७१ उडान विमानस्थल नजिकै दुर्घटनाग्रस्त

 

जेठ २९ गते । अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएकाे छ।


विमान उडेको केही समयपछि दिउँसो १:३८ बजे दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार उडान भरेको दुई मिनेटभित्रै विमानको पछाडिको भाग रूखमा ठोक्किएको थियो । जसका कारण विमान एक भवनमा ठोक्किएको थियो ।


नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए।


यसैगरी, विमान चालक दलमा कमाण्डर क्याप्टेन सुमित सभरवाल र विशिष्ट कर्मचारी क्लाइभ कुन्दर रहेका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom