Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, जेठ १९ – सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हाल प्रदेशसभा सदस्य रहेका सोडारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो।


आयोगका अनुसार सोडारीले मिति २०७४ माघ ७ देखि २०७९ फागुन १० गतेसम्मको अवधि सार्वजनिक पदमा रहँदा आफू र आफ्नो परिवारको नाममा रहेको आय ८५ लाख ५१ हजार ३३४ रुपैयाँ मात्र देखिएको छ।


तर सो अवधिमा उनले गरेको व्यय, जस्तै जग्गा खरिद, छोरीको अध्ययन खर्च, श्रीमती सञ्चालक रहेको मसला उद्योगमा लगानी, बिमा प्रिमियम तिर्ने, प्रदेश सभा निर्वाचन खर्च, छोराको विवाह खर्च, शेयर खरिदलगायत गरी कुल खर्च एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ पुगेको छ।


आयोगले आयभन्दा १ करोड ८ लाख रुपैयाँ बढी खर्च देखिएको र उक्त रकमको स्रोत पुष्टि गर्न नसकिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ अनुसार कैद, जरिवाना तथा बिगो असुल उपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Top Post Ad

post bottom ads

Ads Bottom