Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसईई परीक्षाको नतिजा असारको तेस्रो साता भित्रै सार्वजनिक हुने


असार ५ गते, भक्तपुर । २०७९ चैत ७ गतेदेखि सञ्चालन गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ ।


परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको जानकारी दिए ।


“नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी तीव्र रुपमा भइरहेको छ । असारको तेस्रो सातासम्ममा नतिजा आउने अपेक्षा गर्न सकिन्छ । तर, यकिन मिति भन्न अहिले सम्भव छैन,” उनले भने ।


गत वर्षको एसईई परीक्षामा देशभरबाट पाँच लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए । यस वर्ष पनि सोही हाराहारीमा परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom