प्रहरीका अनुसार घटना साउन ६ गतेको हो। जग्गा बेच्ने विषयमा विवाद भएपछि जङ्गेले श्रीमतीलाई कुटपिट गरेका थिए। उनले दुई मुक्का प्रहार गरी भित्तामा ठोक्काएका कारण जमुनाको टाउकोमा गम्भीर चोट लागेको अनुसन्धानमा खुल्न आएको छ।
घटनापछि जङ्गे बाहिरैको टिनको टहरामा सुत्न गएको र लगातार दुई दिनसम्म श्रीमतीको हालखबर नलिएको प्रहरीले जनाएको छ। साउन ८ गते साँझ स्थानीयले दुर्गन्ध आएको सूचना दिएपछि प्रहरीले घटनास्थल पुगेर जमुनाको शव फेला पारेको हो।
पोष्टमार्टम रिपोर्टअनुसार उनको मृत्युको कारण टाउकोमा लागेको चोट रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले जङ्गे सार्कीलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ६ दिनको म्याद लिएको छ।