Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अन्तरजातीय विवाह गरेका श्रीमान्–श्रीमती घरमै मृत फेला


सुनसरी, असार २९ गते ।

सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक अन्तरजातीय विवाह गरेका दम्पती आफ्नै घरमा मृत फेला परेका छन्।

स्थानीय शुकदेव शर्मा खत्वे र उनकी पत्नी ३० वर्षीया सबेदा खातुन शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। सबेदा ओछ्यानमै मृत भेटिएकी छन् भने उनका श्रीमान् शुकदेव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

श्रीमान्–श्रीमतीले केही समयअघि मात्र अन्तरजातीय विवाह गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेको छ र शव परीक्षणका लागि पोस्टमार्टमको तयारी भइरहेको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो।

घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको र मृत्युको कारण खुलाउन फरेन्सिक परीक्षण र परिवार, छिमेकी तथा प्रत्यक्षदर्शीसँग बयान संकलन भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom