Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वी राजमार्गमा लागुऔषधसहित दुई महिला पक्राउ, २५९८ एम्पुल बरामद



आँबुखैरेनी (तनहुँ), असार २८ गते ।
पृथ्वी राजमार्गमा चेकजाँचका क्रममा ठूलो परिमाणमा नियन्त्रित लागुऔषध बोकेर लैजाँदै गरेकी दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ साल असार २८ गते, तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४, बेनिटार स्थित राजमार्ग सडकखण्डमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये एक जना ३५ वर्षीया मालती लोध, रुपन्देहीको ओमसतिया गाउँपालिका–५ बस्ने हुन् भने अर्की ५० वर्षीया शिला हरिजनको स्थायी ठेगाना खुलेको छैन।

प्रहरीका अनुसार उनीहरू दुवैले कालो रंगको झोलामा लुकाईछिपाई Diazepam–८६६ एम्पुल, Phenergan–८६६ एम्पुल, र Buprenorphine–८६६ एम्पुल गरी कुल २,५९८ एम्पुल नियन्त्रित लागुऔषध बोकेको अवस्थामा फेला परेका हुन्।

उनीहरूलाई पक्राउ गरी हाल थप अनुसन्धान कार्य जारी रहेको प्रहरी कार्यालय तनहुँले जनाएको छ। लागुऔषधको यति ठूलो परिमाण नियन्त्रणमा आउनुले सुनियोजित तस्करीको आशंका बलियो बनाएको प्रहरीले बताएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom