दुर्घटना:सांकेतिक तस्विर |
रामेछापको डोरखानीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस आज बिहान ब्रेक फेल भई सडकको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो। बसमा ३२ जना यात्रु सवार थिए।
दुर्घटनामा परेका २३ घाइते यात्रुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिनुभयो।
बस सडकको पर्खालमा ठोक्किएपछि ठूलो क्षति हुनबाट जोगिएको भए पनि गम्भीर चोट लाग्ने यात्रुहरूका विवरण आउन बाँकी रहेको डीएसपी घलेले बताए। बस चालकलाई हाल दोलालघाट प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ।
बस घटनास्थलमै रहेकाले थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।