Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खेतमा जडान गरिएको मोटरको तार छुने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गयो


सप्तरी जिल्लामा दुई फरक घटनामा एक वृद्धा महिलाको करेन्ट लागेर मृत्यु भएको छ भने एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा शुक्रबार करेन्ट लागेर ७० वर्षीया उर्मीलादेवी यादवको मृत्यु भएको हो।
उनी स्थानीय वैद्यनाथ यादवकी श्रीमती हुन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार खेतमा जडान गरिएको मोटरको तारमा छोएको क्रममा करेन्ट लागेर घटनास्थलमै उर्मीलादेवीको ज्यान गएको हो।

झुण्डिएको अवस्थामा युवकको शव फेला

त्यसैगरी, सोही गाउँपालिका–४ अन्तर्गतको बनौलीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डस्थित बनौलीमा अन्दाजी १९ वर्षीय अरबिन्द साह मृत फेला परेका हुन्। उनी स्थानीय बौवालाल साहका छोरा हुन्।

स्थानीय रामशेवक मण्डलका अनुसार साहको शव झुण्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom