२०७९ साल साउन १० गते स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका–१ सिम्लेस्थित दुलैगौडा–बिरुवा ग्रामीण सडकमा रोकिएको बलेरो जिपमा तोडफोड गर्दै सवार दुई जनामाथि कुटपिट गरी घाइते बनाइएको घटनामा संलग्न भनिएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो।
घटनापछि फरार रहेका ती दुईजनालाई खोजतलास गर्ने क्रममा प्रहरीले साउन २ गते कास्की जिल्लाबाट लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका–५ तल्लोचेप्टेका २७ वर्षीय विक्रम राना र हरिनाश गाउँपालिका–१ सालडाँडा हटियाका २१ वर्षीय सविन उर्फ योगेन्द्र मानन्धर रहेका छन्।
उनीहरूलाई अभद्र व्यवहार मुद्दाअन्तर्गत जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।