Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टेलिग्राम एप बन्द गर्न निर्देशन, गम्भीर साइबर अपराध बढेको भन्दै प्राधिकरणको कडा कदम


काठमाडौं, साउन २ गते । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई लोकप्रिय सन्देश आदानप्रदान एप टेलिग्राम तत्काल बन्द गर्न निर्देशन दिएको छ।

शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी र मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) जस्ता गम्भीर आपराधिक गतिविधिहरूमा संलग्नता तीव्र गतिमा बढिरहेको जनाउँदै, एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, “टेलिग्राममार्फत अनलाइन फ्रड र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधका गतिविधि बढिरहेको जानकारीमा आएकोले उक्त एपको पहुँचमा तत्काल रोक लगाउन सबै इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिइएको छ।”

यसअघि पनि प्रहरी र साइबर ब्युरोले टेलिग्राम एपमार्फत ठगी, अवैध कारोबार र डिजिटल अपराध बढेको भन्दै निगरानी र अनुसन्धान तीव्र बनाउँदै आएको थियो। तर अब प्राधिकरणले प्रत्यक्ष रूपमा एपमै प्रतिबन्धको कदम चालेको छ।

यस निर्णयले सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चार स्वतन्त्रता तथा डिजिटल प्रविधिमा निर्भर व्यवसायहरूबीच बहस र प्रतिक्रिया बढ्ने सम्भावना रहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom