प्रहरीका अनुसार साउन १ गते बिहीबार राति करिब ११ बजे घरायसी विवादका क्रममा करनले हसिया प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। हत्या पश्चात फरार रहेका उनलाई साउन २ गते शुक्रबार बिहान पौने ९ बजे प्रहरीले गोयलबलेकबाट पक्राउ गरेको हो।
पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठका अनुसार हसियाको प्रहारबाट खिमादेवीको घटनास्थलमै मृत्यु भएको हो।
हत्या पछिको प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाकै कारण हत्या भएको देखिएको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्का तयार पारिएको छ र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।




