Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा जबरजस्ती करणी मुद्दामा फरार रहेकी ५४ वर्षीय खुम कुमारी प्रहरीको नियन्त्रणमा


स्याङ्जा, साउन १ गते — जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट २ महिना २३ दिन कैद सजाय तोकिई फरार रहेकी एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले २०८२ साउन १ गते पुतलीबजार नगरपालिका–१३ बस्ने ५४ वर्षीया खुम कुमारी दर्जी (खुमा)लाई पक्राउ गरेको हो।

उनलाई स्याङ्जा जिल्ला अदालतको २०८१ बैशाख १६ गतेको फैसलाले जबरजस्ती करणीसम्बन्धी कसूरमा दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। तर फैसला पछि फरार रहेकी उनीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो।

पक्राउ परेकी दर्जीलाई कैद सजाय भुक्तानका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। प्रहरीले न्यायिक निर्णयको कार्यान्वयन र सुरक्षित समाज निर्माणका लागि कारबाहीलाई तीव्र बनाएको जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom