Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देशभर मनसुन सक्रिय: हल्कादेखि मध्यम वर्षाको सम्भावना



असार ३०, काठमाडौं – हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल पश्चिममा सरदर स्थानमा र पूर्वमा यसको केही उत्तरतर्फ अवस्थित छ, जसका कारण देशभर सामान्यदेखि मध्यम खालको मौसम परिवर्तन देखिएको हो।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

रातिको मौसम पनि दिउँसो जस्तै साधारणतया बदली हुने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य क्षेत्रका केही स्थानमा समेत चट्याङसहितको वर्षा हुने पूर्वानुमान गरिएको छ।

कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका केही भूभागमा हुरी–बतास चल्ने सम्भावना पनि रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।



Top Post Ad

post bottom ads

Ads Bottom