जिल्लाको दोधारा चाँदनी नगरपालिका–६ कालागड टोलस्थित एक परिवारले जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन्। च्याउ जङ्गलको "भातको नङ्ग्रा" प्रजातिको भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ६३ वर्षीया कालु सुनार, उनकी १८ वर्षीया नातिनी निशा सुनार, ८ वर्षीय मन्सु सुनार, १६ वर्षीय भीम सुनार र १२ वर्षीय वसन्त सुनार बिरामी परेका हुन्।
विषालु च्याउ सेवनपछि सोमबार सबै बिरामी परेका थिए। उनीहरूलाई तत्काल दोधारा चाँदनी अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार उनीहरूको अवस्था हाल सामान्य रहेको छ। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।