कास्की प्रहरीले पोखराका दुई स्थानमा जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ। गुप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१० रक्षामार्ग र वडा नं. १५ घलेचोकबाट उनीहरूलाई नगद रकमसहित पक्राउ गरेको हो।
पोखरा–१० रक्षामार्गस्थित स्थानबाट पक्राउ परेकाहरूमध्ये ई. प्रसाद छन्त्याल (३८) पोखरा–१९ लामाचौर निवासी हुन्। उनका साथमा रहेका हेम नारायण गर्बुजा (३९) पोखरा–११ फुलबारी, लिल प्रसाद गुरुङ (४१) पोखरा–१२ माटेपानी, टेक बहादुर गुरुङ (५१) पोखरा–२९ सैनीक बस्ती, रेनु गर्बुजा (३४) पोखरा–१६, दिपा पुन (३४) पोखरा–९ न्युरोड, जेनिषा पुन (३२) पोखरा–१५ नयाँगाउँ, पुष्पा पुन (३७) पोखरा–१४ चाउथे र दल बहादुर पुन (३९) पोखरा–१० रक्षामार्ग रहेका छन्। उनीहरूबाट प्रहरीले रु. २,२२,०८० नगद र ४ बुक तास बरामद गरेको हो।
त्यस्तै, पोखरा–१५ घलेचोकस्थित स्थानबाट पक्राउ परेकामध्ये चन्द्र बहादुर पुन (३४) पोखरा–१०, कल्पना उर्फ टिकामाया आले (४४) पोखरा–१० रंगशाला, बिष्णु थापा (३७) पोखरा–१० काजीपोखरी, सोनी गुरुङ (४२) पोखरा–१५ लक्ष्मीटोल, हिमाल गुरुङ (४२) पोखरा–१५ घलेचोक, केश कुमारी गुरुङ (४५) पोखरा–१९ लामाचौर, टोप बहादुर थापा (५१) पोखरा–१० काजीपोखरी र बलराम गुरुङ (६७) पोखरा–१५ मितेरी टोल रहेका छन्। उनीहरूबाट रु. १,९०,९८५ नगद र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिनको म्याद थप गराई अनुसन्धान थालिएको कास्की प्रहरीले जानकारी दिएको छ।