पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रौटा–इमिलिया सडकखण्डमा पर्ने बेलनदी नजिक अनियन्त्रित भई बस दुर्घटनामा पर्दा २९ जना यात्रु घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिँगेका अनुसार घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा सामान्य घाइते भएका २८ जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौँबाट दाङतर्फ गइरहेको उक्त बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।