Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर २५ वर्षीया महिलाको ज्यान गयो

 


खोटाङ, असार ३१ गते – खोटाङको बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २५ वर्षीया इन्द्रा राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। उनी फाक्टाङका राजन राईकी श्रीमती हुन्।

सोमबार राति करिब ९ः३० बजे चार्जमा राखिएको मोबाइल निकाल्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि मुचुल्का र अनुसन्धानका लागि प्रहरीले टोली खटाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शुसान्त मिश्रका अनुसार, घटनास्थल दुर्गम रहेकाले शवलाई पोष्टमार्टमका लागि ल्याउन ढिला हुने र सम्भवतः बुधबार मात्रै परीक्षण हुने जनाइएको छ।

विद्युत् सुरक्षा सावधानीबारे जनचेतना आवश्यक देखिएको प्रहरी स्रोतको भनाइ छ।

Top Post Ad

post bottom ads

Ads Bottom