Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा ५ हजारभन्दा बढी गाँजाको बोट नष्ट

 

स्याङ्जा।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको मातहत रहेका विभिन्न इकाइबाट खटिएको प्रहरी टोलीले मिति २०८२ असार १८ गतेदेखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा रोपिएको करीब ५ हजार ९३५ थान हरियो गाँजाको बोट फडानी गरी नष्ट गरेको छ।

प्रहरीले गाँजाको खेती विरुद्ध सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत स्याङ्जा जिल्लाका ग्रामीण क्षेत्रमा गाँजाका बोटहरू फेला पारेर फडानी तथा नष्ट गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषध सम्बन्धी अपराध रोकथाममा समुदायको सहयोगको अपेक्षा गर्दै यस्ता अवैध कार्यमा संलग्न नभइदिन सबैलाई अपिल गरेको छ। साथै शंकास्पद गतिविधि देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह समेत गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom