पोखरा, असार २८ गते
लायन्स क्लब अफ पोखरा अभियानले वि.सं. २०८२/८३ को लायन्स वर्षको पहिलो सेवामूलक कार्यक्रम अन्तर्गत कास्की मादी गाउँपालिका–१२ निवासी २९ वर्षीय मृगौला पीडित विशाल रानाभाटलाई रुपैयाँ ३०,५०० (तीस हजार पाँच सय) को आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
दुबै मृगौला फेल भई प्रत्यारोपण आवश्यक भएको अवस्थामा सहयोग गरिएको यस मानवीय अभियानले लायन्स क्लबको सामाजिक उत्तरदायित्व र सेवाभावको उदाहरणीय प्रस्तुति दिएको छ।
कार्यक्रममा पूर्व जिल्ला गभर्नर (आईपीडिजी) लायन विनोद ढुंगाना प्रमुख अतिथि रहनु भएको थियो।
त्यसैगरी, क्षेत्रीय संयोजक लायन सूर्य चापाई, विभाग प्रमुख लायन मातृका पोखरेल, र क्षेत्र अध्यक्ष लायन डिलाराम लामिछानेको पनि विशेष उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन विनोद राज आचार्यले गर्नुभएको थियो।
उहाँले "लायन्स वर्षको सुरुवात सेवामूलक कार्यबाट गर्न पाउनु गौरवको विषय हो" भन्दै,
"सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ," भन्ने कुरामा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन सुशिल दाहालले गर्नुभएको थियो।
स्वागत मन्तव्य र कार्यक्रम संयोजनको जिम्मेवारी लिएका लायन दिपेश रानाभाटले
सहयोग संकलनदेखि सम्पूर्ण व्यवस्थापनसम्म सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
लायन्स क्लब अफ पोखरा अभियानले यस प्रकारका मानव–केन्द्रित सामाजिक सेवाहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।