Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

क्यानडा पठाइदिन्छु भन्दै ६५ लाख लिएर फरार रहेका आचार्य प्रहरीको नियन्त्रणमा


साउन ९ गते। क्यानडा पठाइदिन्छु भन्दै ६५ लाख ५९ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने ३७ वर्षीय रविन आचार्य रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी लामो समयसम्म झुक्याउँदै उनले ठगी गरेका थिए।

सोही रकम लिएर फरार रहेका आचार्यलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom