Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्युतीय मेसिन प्रयोग गरेर घाँस काट्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गयो


साउन ९ गते। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा शुक्रबार बिहान करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, निधन हुनेमा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय रहेका छन्।

शुक्रबार बिहान करिब पौने ११ बजे आफ्नै घरमा विद्युतीय घाँस काट्ने मेसिन प्रयोग गर्ने क्रममा उनीहरू करेन्ट लागेर गम्भीर घाइते भएका थिए। तत्कालै दुवैलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पुर्‍याइएको भए पनि उपचारकै क्रममा करिब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना विवरण संकलनका लागि प्रहरी नायब निरीक्षक गगनसिंहको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom