जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुर्घटनामा परेर चालकसहित सात जना यात्रु घाइते भएका छन्। जिपमा १० जना सवार रहेकोमा अन्य तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण:
-
प्रेम खड्का (३२), चालक, त्रिवेणी–२, सिम्रुतु
-
शसे घर्ती (८४), त्रिवेणी–१
-
सरिता के.सी. (२०), त्रिवेणी–१
-
सुनीता के.सी. (२८), त्रिवेणी–१
-
गीता ओली (२२), त्रिवेणी–२
-
सपना परियार (४०), मुसीकोट–१३
-
शिवकुमारी शर्मा (५३), मुसीकोट–५
प्रहरीका अनुसार घाइते सवैको अवस्था सामान्य रहेको छ र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको हो।
दुर्घटना राप्ती राजमार्गको मोडमा भएको हो। अनियन्त्रित भएर जिप सडकबाट पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।