Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रातको समय बालिकालाई उठाएर सामूहिक ब'ला'त्कार गरेको घटना बाहिरिएपछि, सोही गिरोहका एक जना पक्राउ 


 साउन १६ गते । सप्तरीमा एक बालिकासँग सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । राजविराज नगरपालिका घर भएकी एक बालिकासँग जबरजस्ती करणी भएको घटना बाहिरिएको हो ।


बुधबार राति घर अगाडि उभिरहेकी ती बालिकालाई चार जना युवाको समूहले उठाएर लगी जबरजस्ती करणी गरेको परिवारजनको आरोप छ ।


राति ८ बजेतिर बालिकालाई लगि बिहानपख घरमा ल्याएर छाडेको परिवारका सदस्यले बताएका छन् ।


घटनाबारे जानकारी आएलगतै घटनामा संलग्न रहेका एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले पीडित परिवारको तर्फबाट अहिले सम्म जाहेरी नआएको र जाहेरी आएपछि अनुसन्धान अगाडि बढाइने बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom