भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा मन्त्रिपरिषद् स्वीकृतिका लागि पठाइएको छ। स्वीकृतिपछि संसद्मा पेस गरिनेछ।
मुख्य जरिवाना प्रस्तावहरू
-
राति बत्ती नबाली सवारी चलाएमा – रु २,०००
-
वन–वे सडक उल्लङ्घन – रु १,०००
-
ट्राफिक संकेत उल्लङ्घन – रु १,०००–२,०००
-
निषेधित क्षेत्रमा हर्न बजाएमा – रु ५००
-
फोहोर फालेमा – रु १,०००
-
गतिमा बढी सवारी चलाएमा – रु ५,०००
-
अरूलाई हानि हुने गरी चलाएमा – रु २५,०००
-
ओभरटेक निषेधित क्षेत्रमा – रु २,०००
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मासिक करिब ९० हजार सवारीलाई कारबाही गर्दै आएको जनाएको छ।